काठमाडौं । सरकारले असोज १ गते (पर्सि) शोक दिवसका रूपमा मनाउने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकपछि गृह तथा कानुनमन्त्री ओमप्रकाश अर्यालले यसबारे जानकारी दिएका हुन्।
बैठकले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाउने व्यक्तिहरूको परिवारलाई १० लाख क्षतिपूर्ति तथा थप ५ लाख अन्य खर्चका लागि गरी कुल १५ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ।
यस्तै, असोज १ गते सार्वजनिक बिदा दिने, ज्यान गुमाएका व्यक्तिहरूलाई राष्ट्रिय झण्डा ओढाउने र राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गर्ने निर्णय पनि बैठकले गरेको मन्त्री अर्यालले जानकारी दिए।

