काठमाडौं । काठमाडौंको त्रिपुरेश्वर महादेव मन्दिरमा मंगलबार(आज)भक्तजनहरुको चहलपहल खासै देखिएको छैन् ।
मंगलबार तीजको अवसरमा हरेक महादेव मन्दिरमा भक्तजनहरुको भीड लागेपनि त्रिपुरेश्वर महादेव मन्दिर भने सुनसान छ ।
त्रिपुरेश्वर महादेव मन्दिर काठमाडौँको सबैभन्दा ठूला ऐतिहासिक मन्दिरहरू मध्ये एक हो भएपनि आजको दिन यो मन्दिरमा भीड नहुनु आश्चर्यको कुरा हो ।

यो मन्दिर रानी ललित त्रिपुरा सुन्दरी देवीको आदेशमा उनको मृत पति, राजा रणबहादुर शाहको सम्झनामा निर्माण गरिएको थियो ।
