Citizens Bank Leadership Seminar: कोशीमा Performance Review र Future Priorities

बैंक/वित्त

काठमाडौं, सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले कोशी प्रदेशमा ‘सेमिनार अन् कोशी लिडरसिप्: इन्स्पायरिङ पर्फरमेन्स एण्ड अचिभिङ एक्सिलेन्स’ कार्यक्रम सम्पन्न गरेको छ।

बैंकका प्रदेश प्रमुख, क्लस्टरहेड, शाखा–प्रबन्धक तथा अन्य सहकर्मीहरूको सहभागितामा सम्पन्न सेमिनारमा प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल, उप–प्रमुख कार्यकारी अधिकृत तथा वरिष्ठ कार्यकारीहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा गत आर्थिक वर्षको कार्यप्रगति समिक्षा गर्दै चालु आर्थिक वर्षका प्राथमिकताबारे छलफल भएको बैंकले जनाएको छ। साथै, केन्द्र र प्रदेशबीच सहकार्यलाई अझ प्रभावकारी बनाउन विभिन्न सुझाव तथा अनुभव आदान–प्रदान गरिएको थियो।

यसअघि मधेश र बागमती प्रदेशमा यस्तै प्रकृतिका सेमिनार सम्पन्न भइसकेका छन्। निरन्तरतामा कोशी प्रदेशमा आयोजना गरिएको यस कार्यक्रमलाई आगामी दिनमा अन्य प्रदेशमा पनि विस्तार गर्ने योजना बैंकको छ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आर्थिक वर्ष २०८१/८२ को असार मसान्तसम्म कर्जा, निक्षेप, ब्याज आम्दानी र नाफा सबै सूचकमा दोहोरो अंकको वृद्धि गर्दै कोषको लागत घटाउने, बेस रेट कम गर्ने तथा कर्जा जोखिम व्यवस्थापनमा उल्लेखनीय सुधार गर्ने सफलता हासिल गरेको छ।

अवधिभरमा बैंकको कर्जा प्रवाह ११.१५ प्रतिशतले बढ्दै १ खर्ब ७५ अर्ब १६ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको असार मसान्तमा यो रकम १ खर्ब ५७ अर्ब ५८ करोड रुपैयाँ थियो। निक्षेप संकलन पनि ११.६९ प्रतिशतले वृद्धि भई २ खर्ब १४ अर्ब ८ करोड रुपैयाँमा पुगेको छ, जुन गत वर्षको तुलनामा करिब २२ अर्ब रुपैयाँ बढी हो।

खुद ब्याज आम्दानीमा ११.२० प्रतिशतको वृद्धि हुँदै यो रकम ६ अर्ब ३६ करोड रुपैयाँ पुगेको छ। कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) ८१.९० प्रतिशत रहेको छ, जसले बैंकको तरलता व्यवस्थापन सन्तुलित भएको देखाउँछ। यस अवधिमा सम्पत्ति प्रतिफल दर (ROA) ०.५९ प्रतिशत र पुँजी प्रतिफल दर (ROE) ५.८१ प्रतिशत कायम भएको छ।

बैंकको देस भर २०० शाखा रहेका छन छन बाट करिव १९ लाख ५० हजार ग्राहकहरूलाई बैंकिङ सेवा प्रदान गर्दै आएको छ । बैंकले रेमिट्यान्स सेवा, ड्राफ्ट, भिसा एटिएम कार्ड, भिसा इन्टरनेसनल डलर कार्ड, विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु साथै कुनै पनि शाखाबाट रकम भिक्न र राख्न सकिने जस्ता सुबिधाहरु पनि उपलब्ध गराउँदै आएको छ ।