“Deposit Rates Shuffle: एनआईसी एशिया उच्चतम, लक्ष्मी सनराइज न्यूनतम”

बैंक/वित्त

काठमाडौं, वाणिज्य बैंकहरूले भदौ महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन्। साउनको तुलनामा भदौमा बैंकहरूको औसत ब्याजदर अझै घटेको छ।

साउनमा व्यक्तिगत मुद्दती निक्षेपमा औसत ५.६९ प्रतिशत ब्याज दिने वाणिज्य बैंकहरूले भदौमा दर घटाएर ५.५७ प्रतिशतमा ल्याएका छन्। संस्थागत मुद्दती निक्षेपमा पनि ब्याजदर ४.११ प्रतिशतबाट घटेर ३.९६ प्रतिशतमा पुगेको छ।

२० वाणिज्य बैंकमध्ये ८ बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ब्याजदर घटाएका छन्। तीमध्ये स्ट्यान्डर्ड चार्टर्ड, लक्ष्मी सनराइज, एभरेष्ट, सानिमा, कुमारी, सिद्धार्थ, कृषि विकास र नेपाल एसबीआई बैंक परेका छन्। प्रभु बैंक भने उल्टै ब्याजदर बढाउने एकमात्र बैंक बनेको छ।

  • स्ट्यान्डर्ड चार्टर्ड बैंक

    • साउनमा अधिकतम ब्याजदर: ६.२६%

    • भदौमा घटाएर: ५.१३%

    • कमी: १.१३ प्रतिशत बिन्दु

  • प्रभु बैंक

    • साउनमा सबैभन्दा कम ब्याज दिने

    • भदौमा १.१ प्रतिशत बिन्दु बढाएर अधिकतम ५.३५% पुर्यायो

    • अब मध्यम स्तरमा पुगेको

  • एनआईसी एशिया बैंक

    • भदौमा सबैभन्दा बढी ब्याज दिने बैंक

    • अधिकतम ब्याजदर: ६.२५%

    • साउनकै दरलाई निरन्तरता

  • लक्ष्मी सनराइज बैंक

    • भदौमा सबैभन्दा कम ब्याजदर कायम

    • अधिकतम ब्याजदर: ५%

संस्थागत मुद्दती निक्षेपमा भने ७ बैंकले अधिकतम ब्याजदर घटाएका छन् भने कुनै पनि बैंकले बढाएका छैनन्। औसतमा यस्ता निक्षेपमा ब्याजदर ०.१५ प्रतिशत बिन्दुले घटेको देखिन्छ।