Nepal Bank

नेपाल बैंकको नाफा ३२.६५ प्रतिशत बढ्यो: Negative Payout Keeps Shareholders Waiting

बैंक/वित्त

काठमाडौं, नेपाल बैंक लिमिटेडले आर्थिक वर्ष २०८१/८२ मा ३२.६५ प्रतिशतले खुद नाफा वृद्धि गर्दै ३ अर्ब ७७ करोड ३० लाख रुपैयाँ आर्जन गरेको छ। तर वितरणयोग्य नाफा ऋणात्मक रहेकाले यस वर्ष पनि लाभांश वितरण असम्भव भएको छ, जसका कारण शेयरधारकहरू फेरि प्रतिक्षामा बस्न बाध्य भएका छन्।

 बैंकको वितरणयोग्य नाफा ४४ करोड ९० लाख ८९ हजार रुपैयाँ ऋणात्मक रहेकाले यस वर्ष पनि लाभांश वितरण गर्न नसक्ने अवस्था रहेको छ। अघिल्लो वर्ष पनि वितरणयोग्य नाफा ९६ करोड ५० लाख ७४ हजार रुपैयाँ ऋणात्मक थियो। अघिल्लो वर्ष बैंकले २ अर्ब ८४ करोड ४२ लाख ३७ हजार रुपैयाँ खुद नाफा गरेको थियो।

गत असारसम्ममा बैंकको प्रतिसेयर आम्दानी २५.६८ रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको ०.१९ रुपैयाँभन्दा उच्च हो। प्रतिसेयर नेटवर्थ २५९.८१ रुपैयाँ छ भने मूल्य–आम्दानी अनुपात ११.३५ गुणा पुगेको छ। खराब कर्जा अनुपात अघिल्लो वर्षको ४.३३ प्रतिशतबाट बढेर ४.४७ प्रतिशत पुगेको छ। बैंकको रिटर्न अन इक्विटी १०.२२ प्रतिशत, आधार दर ५.५८ प्रतिशत र कर्जा–निक्षेप अनुपात ७०.७२ प्रतिशत रहेको छ।

चुक्ता पुँजी १४ अर्ब ६९ करोड ४० लाख २२ हजार रुपैयाँ रहेको बैंकको जगेडा २३ अर्ब ९३ करोड २० लाख ४८ हजार रुपैयाँ रहेको छ।

गत असारसम्ममा बैंकको निक्षेप १७.२८ प्रतिशतले बढेर ३ खर्ब ३२ अर्ब २ करोड १० लाख ४७ हजार रुपैयाँ पुगेको छ। सोही अवधिमा कर्जा लगानी १३.८८ प्रतिशतले बढेर २ खर्ब २१ अर्ब ७० करोड ३४ लाख ८५ हजार रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा बैंकले २ खर्ब ८३ अर्ब ८ करोड ३७ लाख ४५ हजार रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ९४ अर्ब ६६ करोड ७७ लाख ७० हजार रुपैयाँ कर्जा लगानी गरेको थियो।

खुद ब्याज आम्दानी १६.८२ प्रतिशतले बढेर १० अर्ब ८ करोड ७१ लाख ५१ हजार रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष बैंकले ८ अर्ब ६३ करोड ४७ लाख ६८ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो। त्यस्तै, खुद शुल्क तथा कमिसन आम्दानी ६.०७ प्रतिशतले बढेर १ अर्ब १७ करोड ४९ लाख ९१ हजार रुपैयाँ पुगेको छ।

कुल सञ्चालन आम्दानी १५.६५ प्रतिशत वृद्धि भई ११ अर्ब ९४ करोड ३९ लाख ३७ हजार रुपैयाँ पुगेको छ भने सञ्चालन नाफा ६९२ प्रतिशतको तीव्र वृद्धि भई ५ अर्ब ४१ करोड ८६ हजार रुपैयाँ पुगेको छ।

नेपाल बैंक – २०८१/८२ मुख्य तथ्यांक

  • नाफा वृद्धि: ३२.६५% वृद्धि, कुल नाफा ३ अर्ब ७७ करोड रुपैयाँ

  • लाभांश: वितरणयोग्य नाफा रु. ४४.९० करोड ऋणात्मक, लाभांश वितरण असम्भव

  • EPS: रु. २५.६८ (अघिल्लो वर्ष रु. ०.१९)

  • नेटवर्थ प्रति शेयर: रु. २५९.८१

  • P/E अनुपात: ११.३५ गुणा

  • खराब कर्जा: ४.४७% (अघिल्लो वर्ष ४.३३%)

  • ROE: १०.२२%

  • आधार दर: ५.५८%

  • CD अनुपात: ७०.७२%

 पुँजी, निक्षेप र कर्जा

  • चुक्ता पुँजी: रु. १४.६९ अर्ब

  • जगेडा: रु. २३.९३ अर्ब

  • निक्षेप वृद्धि: १७.२८%, कुल रु. ३ खर्ब ३२ अर्ब

  • कर्जा वृद्धि: १३.८८%, कुल रु. २ खर्ब २१ अर्ब

आम्दानी विवरण

  • खुद ब्याज आम्दानी: १६.८२% वृद्धि, रु. १०.०८ अर्ब

  • खुद शुल्क तथा कमिसन आम्दानी: ६.०७% वृद्धि, रु. १.१७ अर्ब

  • कुल सञ्चालन आम्दानी: १५.६५% वृद्धि, रु. ११.९४ अर्ब

  • सञ्चालन नाफा: ६९२% वृद्धि, रु. ५.४१ अर्ब