Laxmi Sunrise Bank Nets 41.1 Billion Profit – ब्याज आम्दानी घटे पनि सञ्चालन मुनाफामा 38% ग्रोथ

बैंक/वित्त

काठमाडौं । लक्ष्मी सनराइज बैंकले गत आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमाससम्म ४ अर्ब ११ करोड ६९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ४०.९७ प्रतिशतले बढी हो। अघिल्लो वर्षको सोही अवधिसम्म बैंकले २ अर्ब ९२ करोड रुपैयाँ नाफा कमाएको थियो।

समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी ४ रुपैयाँ ९१ पैसा बढेर १६ रुपैयाँ ९१ पैसा पुगेको छ। गत असारसम्म बैंकको वितरणयोग्य मुनाफा ३ अर्ब ५३ लाख रुपैयाँ, वितरणयोग्य प्रतिसेयर आम्दानी १२ रुपैयाँ ३४ पैसा, प्रतिसेयर नेटवर्थ १८६ रुपैयाँ ६३ पैसा र मूल्य–आम्दानी अनुपात १४.१२ गुणा रहेको छ।

गत आर्थिक वर्षको अन्त्यसम्म बैंकले ३ खर्ब ६७ अर्ब रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ७५ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ। बैंकको चुक्ता पुँजी २४ अर्ब ३४ करोड रुपैयाँ र जगेडा कोषमा २१ अर्ब ९ करोड रुपैयाँ सञ्चित छ।

वित्तीय विवरणअनुसार समीक्षा अवधिमा खुद ब्याज आम्दानी ७.९९ प्रतिशतले घटेको छ भने खुद कमिसन आम्दानी १०.०५ प्रतिशतले बढेको छ। कुल सञ्चालन आम्दानी १.५४ प्रतिशतले घटेको भए पनि सञ्चालन मुनाफा ३८.५५ प्रतिशतले वृद्धि भएको छ।

लक्ष्मी सनराइज बैंक – २०८१/८२ 

  • कुल नाफा: रु. ४.११ अर्ब (४०.९७% वृद्धि)

  • प्रतिसेयर आम्दानी (EPS): रु. १६.९१ (४.९१ रुपैयाँ वृद्धि)

  • वितरणयोग्य मुनाफा: रु. ३.५३ करोड

  • वितरणयोग्य EPS: रु. १२.३४

  • नेटवर्थ प्रति शेयर: रु. १८६.६३

  • P/E अनुपात: १४.१२

 पुँजी, निक्षेप र कर्जा

  • चुक्ता पुँजी: रु. २४.३४ अर्ब

  • जगेडा कोष: रु. २१.०९ अर्ब

  • निक्षेप: रु. ३ खर्ब ६७ अर्ब

  • कर्जा लगानी: रु. २ खर्ब ७५ अर्ब

आम्दानी विवरण

  • खुद ब्याज आम्दानी: ७.९९% घट्यो

  • खुद कमिसन आम्दानी: १०.०५% वृद्धि

  • कुल सञ्चालन आम्दानी: १.५४% घट्यो

  • सञ्चालन मुनाफा: ३८.५५% वृद्धि