साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक घट्दै २८०० विन्दुभन्दा तल झरेको छ। पछिल्लो १७ कारोबार दिनपछि पहिलोपटक नेप्से यस स्तरभन्दा तल पुगेको हो। यसअघि, गत असार ३२ गते नेप्से २८०० विन्दुभन्दा तल बन्द भएको थियो।
मंगलबार नेप्से परिसूचक २६.२२ अंक घटेर २७९६.२४ विन्दुमा झरेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स ४.०३ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.८४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.३३ अंक घटेको छ।
नेप्सेसँगै मंगलबार कारोबार रकम पनि घटेको छ। सोमबार १० अर्बभन्दा बढीको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३२३ स्टकको ७८ हजार २२६ पटकको कारोबारमा ६ अर्ब ९१ करोड ८९ लाख ८३ हजार रुपैयाँबराबरको १ करोड ७६ लाख ७१ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

