काठमाडौं, नबिल बैंकले आर्थिक वर्ष २०८१/८२ मा १५.०१ प्रतिशतले वृद्धि गर्दै ७ अर्ब १२ करोड ७५ लाख ६६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष यो रकम ६ अर्ब १९ करोड ७१ लाख ९ हजार रुपैयाँ थियो।
गत वर्ष बैंकको वितरणयोग्य नाफा ५४.८७ प्रतिशतले बढेर ७ अर्ब ७७ करोड ३० लाख ५९ हजार रुपैयाँ पुगेको छ, जसको आधारमा लाभांश वितरण क्षमता १७.६४ प्रतिशत रहेको छ। अघिल्लो वर्ष वितरणयोग्य नाफा ३ अर्ब ८ करोड २९ लाख ४ हजार रुपैयाँ र लाभांश क्षमता ११.३९ प्रतिशत मात्र थियो।
खराब कर्जा अनुपात (एनपीएल) घटेर ०.९५ प्रतिशतमा झरेको छ, जुन अघिल्लो वर्ष १.३७ प्रतिशत थियो। बैंकको वार्षिकीकृत प्रतिशेयर आम्दानी (ईपीएस) २२.९० रुपैयाँबाट बढेर २६.३४ रुपैयाँ पुगेको छ भने पीई रेसियो २०.५५ गुणा र प्रतिशेयर नेटवर्थ २३५.५८ रुपैयाँ कायम भएको छ।

खुद ब्याज आम्दानीमा भने मामुली ०.०६ प्रतिशतको वृद्धि भएको छ। यसअन्तर्गत बैंकले १६ अर्ब ३२ करोड ७२ लाख ९७ हजार रुपैयाँ ब्याज आम्दानी गरेको छ, जुन अघिल्लो वर्ष १६ अर्ब ३१ करोड ७३ लाख १५ हजार रुपैयाँ थियो।
समीक्षा वर्षको अन्त्यमा बैंकको चुक्ता पुँजी २७ अर्ब ५ करोड ६९ लाख ९७ हजार रुपैयाँ र जगेडा कोष ३१ अर्ब ९० करोड ९५ लाख १७ हजार रुपैयाँमा पुगेको छ।
-
खुद नाफा: १५.०१% वृद्धि, ७ अर्ब १२ करोड ७५ लाख रुपैयाँ
-
वितरणयोग्य नाफा: ५४.८७% वृद्धि, ७ अर्ब ७७ करोड ३० लाख रुपैयाँ
-
लाभांश क्षमता: १७.६४% (अघिल्लो वर्ष ११.३९%)
-
खराब कर्जा अनुपात (NPL): ०.९५% (अघिल्लो वर्ष १.३७%)
-
वार्षिकीकृत EPS: २६.३४ रुपैयाँ (अघिल्लो वर्ष २२.९० रुपैयाँ)
-
पीई रेसियो: २०.५५ गुणा
-
प्रतिशेयर नेटवर्थ: २३५.५८ रुपैयाँ
-
खुद ब्याज आम्दानी: ०.०६% वृद्धि, १६ अर्ब ३२ करोड ७२ लाख रुपैयाँ
-
चुक्ता पुँजी: २७ अर्ब ५ करोड ६९ लाख रुपैयाँ
-
जगेडा कोष: ३१ अर्ब ९० करोड ९५ लाख रुपैय
