Everest Bank’s Profit Soars by 32.81% – लाभांश क्षमता ३८.२७ प्रतिशत

बैंक/वित्त

काठमाडौं। एभरेष्ट बैंकले गत आर्थिक वर्षमा करिब ५ अर्ब रुपैयाँ खुद नाफा आर्जन गरेको छ। आज सार्वजनिक चौथो त्रैमासिक वित्तीय विवरणअनुसार, एक वर्षको अवधिमा बैंकको खुद नाफा ३२.८१ प्रतिशतले वृद्धि भएको हो।

नाफा वृद्धि संगै बैंकको लाभांश क्षमतामा पनि उल्लेखनीय सुधार आएको छ। अघिल्लो आर्थिक वर्षमा २८.०६ प्रतिशत रहेको लाभांश क्षमता यस वर्ष ३८.२७ प्रतिशत पुगेको छ। वितरणयोग्य नाफा ५०.०३ प्रतिशतले बढेर ४ अर्ब ९५ करोड ४४ लाख रुपैयाँमा पुगेको छ, जबकि अघिल्लो वर्ष सोही अवधिमा यो ३ अर्ब ३० करोड २३ लाख रुपैयाँ थियो।

गत आर्थिक वर्षमा बैंकले २ खर्ब ९८ अर्ब ८१ करोड रुपैयाँ निक्षेप संकलन गर्दै २ खर्ब १३ अर्ब ६२ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ। यसबाट ९ अर्ब १२ करोड रुपैयाँ खुद ब्याज आम्दानी र २ अर्ब ९३ करोड रुपैयाँ खुद सञ्चालन आम्दानी आर्जन भएको छ।

समीक्षा अवधिमा बैंकको निष्कृय कर्जा अनुपात (NPL) ०.३३ प्रतिशत बिन्दुले घटेर ०.३८ प्रतिशतमा कायम भएको छ।