काठमाडौं सानिमा बैंकले आर्थिक वर्ष २०८१/८२ मा खुद नाफामा ७.२४ प्रतिशतको सामान्य वृद्धि गरेको छ । कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार गत आवमा बैंकको नाफा २ अर्ब ५७ करोड ११ लाख रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको २ अर्ब ३९ करोड ७४ लाख रुपैयाँभन्दा बढी हो ।
बैंकको खुद ब्याज आम्दानी ६ अर्ब १८ करोड रुपैयाँबाट वृद्धि भएर ६ अर्ब ३५ करोड रुपैयाँ पुगेको छ भने फि तथा कमिसनबाट हुने आम्दानी १ अर्ब १ करोड रुपैयाँबाट १ अर्ब १९ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष ६ अर्ब ४९ करोड रहेको खुद सञ्चालन आम्दानी गत वर्ष ६ अर्ब ७१ करोड पुगेको छ ।
