एनआईसी एशिया बैंक र बुढानीलकण्ठ हेरिटेज लिमिटेडबीच एक सम्झौतासम्म्पन्न भएको छ, जसअनुसार बैंकका ग्राहकहरूले लेमोन ट्री प्रिमियर, बुढानीलकण्ठमा सेवा लिँदा २० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन्। यस सम्झौतापछि ग्राहकहरूले होटलको आवास सेवा, खाना, पेय पदार्थमा १५ प्रतिशत र स्पा सेवामा २० प्रतिशत छुटको विशेष सुविधा प्राप्त गर्नेछन्।
सम्झौतापत्रमा बैंकका डिजिटल पेमेन्ट इकोसिस्टम प्रमुख बिमल लम्साल र बुढानीलकण्ठ हेरिटेज लिमिटेडका जनरल म्यानेजर मनोज कुमार थापाले हस्ताक्षर गरेका छन्। यस सुविधा लाभ लिनको लागि बैंकका ग्राहकहरूले डेबिट कार्ड, क्रेडिट कार्ड, प्रिपेड कार्ड, वा मोबैंक एप मार्फत भुक्तानी गर्नुपर्ने छ।
एनआईसी एशिया बैंकले यस साझेदारी मार्फत डिजिटल भुक्तानी सेवाको प्रवद्र्धन गर्न सहयोग पुर्याउने विश्वास व्यक्त गरेको छ, जसले ग्राहकहरूको सुविधासँगै मुलुकभर डिजिटल भुक्तानी प्रणालीलाई अझै प्रोत्साहन पुर्याउनेछ।

