जिल्ला प्रहरी कार्यालय सुर्खेतले हनी ट्र्यापमार्फत आर्थिक लाभ (एक्सटर्सन) लिने कार्यमा संलग्न एक महिलालाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार २०८१ साल भाद्र महिनामा शिन्दु चन्दले मनोज कोइरालालाई वीरेन्द्रनगर नगरपालिका–६ मा रहेको न्यू होटलमा बोलाई सहमतिमै सम्बन्ध राखेकोमा, आपराधिक योजनाअनुसार मानसिक तथा सामाजिक दवाब दिने गरी सामाजिक संजालमा फोटो राखिदिने त कहिले जबर्जस्ती करणीमा फ़साइदिनेभन्दै पटक–पटक धम्की दिँदै फिरौती असुल्दै आएकी थिइन्।
शितल चन्दले पीडितबाट कूल १४ लाख २५ हजार रुपैयाँ बराबरको रकम असुलेको प्रमाण प्रहरीले फेला पारेको जनाएको छ।

उक्त घटनामा संलग्न वर्ष २१ कि शिन्दु चन्दलाई प्रहरीले हाल उनी बसोबास गर्दै आएको सुर्खेत जिल्ला, बिरेन्द्रनगर -९ बाट पक्राउ गरिएको हो।
यस विसयमा जिल्ला प्रहरी कार्यालय सुर्खेतले थप अनुसन्धान गरिरहेको बिज्ञप्तिमा जनाइएको छ ।
