“No Cash, No Shares: लगानीकर्ताको बैंक खाता र टिएमएस लिङ्क हुने”

बजार

काठमाडौं । नेपाल धितोपत्र बोर्डले लगानीकर्ताको टिएमएस (ट्रेड म्यानेजमेन्ट सिस्टम) मा बैंक खाता अनिवार्य रूपमा लिङ्क गर्ने तयारी गरेको छ। यसले लगानीकर्ताको बैंक खातामा रकम भए मात्र शेयर खरिद गर्न पाइने व्यवस्था लागू गर्न खोजिएको हो।

बोर्डले आर्थिक वर्ष २०८२/८३ का लागि सार्वजनिक गरेको “धितोपत्र बजार तथा वस्तु विनिमय बजारसम्बन्धी नीति तथा कार्यक्रम” मा सो व्यवस्था स्पष्ट गरिएको छ। नीति तथा कार्यक्रममा भनिएको छ, “दोस्रो बजारबाट धितोपत्र खरिद गर्दा खरिदकर्ताको बैंक खातामा रकम भए पश्चात् मात्र कारोबार हुने व्यवस्था गर्ने कार्य अगाडि बढाइनेछ।”

उक्त व्यवस्था लागू भए लगानीकर्ताले अहिले जस्तो ब्रोकर कम्पनीमार्फत उधारोमा शेयर किन्न सक्ने कि नसक्ने भन्ने विषय अन्योलमा पर्ने देखिएको छ। कार्यान्वयनको स्वरूप स्पष्ट भएपछि मात्रै यसको प्रभावबारे ठोस अनुमान गर्न सकिने बताइएको छ।