काठमाडौं — केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले आफ्नो १५औँ स्थापना दिवसका अवसरमा नेपाल बैंकर्स संघका अध्यक्ष तथा माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सन्तोष कोइरालालाई सम्मान गरेको छ।
नेपाल प्रहरीको सङ्गठित तथा गम्भीर प्रकृतिका अपराध अनुसन्धान गर्ने विशेष निकायका रूपमा स्थापित सीआईबीले स्थापना दिवस विविध कार्यक्रमसहित मनाएको हो।
२०६५ सालमा स्थापना भएको सीआईबीले मानव बेचबिखन, आर्थिक अपराध, ठगी, तथा अन्य जटिल मुद्दाहरूको अनुसन्धानमा उल्लेखनीय भूमिका निभाउँदै आएको छ।

स्थापना दिवसको अवसरमा आयोजित समारोहमा ब्युरोले आफ्नो अहिलेसम्मको उपलब्धि, विद्यमान चुनौती, र आगामी कार्ययोजना सार्वजनिक गरेको छ।
