नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटायो

समाचार

काठमाडौं — नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। निगमले आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलको मूल्यमा कटौती गरेको हो।

नयाँ मूल्यअनुसार पेट्रोल प्रतिलिटर ५ रुपैयाँ सस्तो भएको छ भने डिजेल र मट्टीतेल प्रतिलिटर १–१ रुपैयाँले घटेका छन्।

अब काठमाडौं, पोखरा र दिपायलमा पेट्रोलको मूल्य प्रतिलिटर १५७.५० रुपैयाँ हुनेछ। ती स्थानहरूमा डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर १४५.५० रुपैयाँ निर्धारण गरिएको छ।

भारतबाट आयात हुने इन्धनको मूल्य घटेकै आधारमा मूल्य समायोजन गरिएको निगमले जनाएको छ।

खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत् राखिएको छ।