असोजसम्म निर्जीवन बीमा कम्पनीको बीमाशुल्क साढे १५ अर्ब, ८ लाख ३६ हजार बीमालेख जारी

Headlines बैंक/वित्त

सगरमाथा लुम्बिनी बीमाशुल्क आर्जनमा अगाडि, शिखर इन्स्योरेन्सले जारी गर्‍यो सबैभन्दा धेरै बीमालेख

काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को असोज मसान्तसम्म १४ निर्जीवन बीमा कम्पनीले ८ लाख ३६ हजार ७४ बीमालेख जारी गरेका छन्। नेपाल बीमा प्राधिकरणको तथ्यांकअनुसार ती कम्पनीले यस अवधिमा १५ अर्ब ५४ करोड ५१ लाख रुपैयाँभन्दा बढी बीमाशुल्क आर्जन गरेका छन्।

कम्पनीगत विवरणअनुसार बीमालेख जारी गर्ने संख्यामा शिखर इन्स्योरेन्स सबैभन्दा अगाडि छ। कम्पनीले असोज मसान्तसम्म १ लाख २ हजार ३१२ बीमालेख जारी गरेको छ। त्यसपछि हिमालयन एभरेष्ट इन्स्योरेन्सले १ लाख १ हजार ८२५ र युनाइटेड अजोड इन्स्योरेन्सले ९५ हजार ४४६ बीमालेख जारी गरेका छन्।

बीमाशुल्क आर्जनमा भने सगरमाथा लुम्बिनी इन्स्योरेन्स अगाडि छ। कम्पनीले यस अवधिमा १ अर्ब ८३ करोड ५३ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ। शिखर इन्स्योरेन्सले १ अर्ब ७९ करोड ३६ लाख र हिमालयन एभरेष्ट इन्स्योरेन्सले १ अर्ब ६० करोड ९९ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन्।

त्यस्तै, एनएलजी इन्स्योरेन्सले १ अर्ब ४९ करोड १८ लाख, आइजिआई प्रुडेन्सियल इन्स्योरेन्सले १ अर्ब ३३ करोड ४ लाख र सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले १ अर्ब ३१ करोड ९५ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन्।

नेको इन्स्योरेन्सले १ अर्ब १५ करोड ८१ लाख, दि ओरिएन्टल इन्स्योरेन्सले ९८ करोड २४ लाख, युनाइटेड अजोड इन्स्योरेन्सले ९६ करोड २० लाख र नेपाल इन्स्योरेन्सले ८२ करोड ४१ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन्।

यसैगरी, सानिमा जिआईसी इन्स्योरेन्सले ७१ करोड ८३ लाख, प्रभु इन्स्योरेन्सले ५३ करोड २८ लाख, राष्ट्रिय बीमा कम्पनीले ५० करोड ७४ लाख र नेशनल इन्स्योरेन्सले ४७ करोड ८८ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन्।

लघु बीमकले संकलन गरे २४ करोडभन्दा बढी

चार लघु बीमा कम्पनीले असोज मसान्तसम्म ७९ हजार ६४३ बीमालेख जारी गरी २४ करोड ३१ लाख रुपैयाँभन्दा बढी बीमाशुल्क आर्जन गरेका छन्।

लघु बीमकमा नेपाल माइक्रो इन्स्योरेन्सले सबैभन्दा बढी ६ करोड ३८ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ। स्टार माइक्रो इन्स्योरेन्सले ६ करोड २३ लाख, ट्रस्ट माइक्रो इन्स्योरेन्सले ६ करोड र प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले ५ करोड ७० लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन्।

असोज महिनामा मात्रै निर्जीवन बीमा तथा लघु बीमा कम्पनीले कुल ३ लाख ८३ हजार ६५० बीमालेख जारी गरी ५ अर्ब ८१ करोड रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन गरेका छन्। सो महिनामा जारी बीमालेखको कुल बीमाङ्क रकम १३ खर्ब ५७ अर्ब रुपैयाँ रहेको तथ्यांकमा उल्लेख छ।

nn