काठमाडौं । सेयर बजारमा मंगलबार उत्साहजनक वृद्धि देखिएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) सूचक ३४.४६ अंकले उकालो लाग्दै २,७६०.१७ विन्दुमा पुगेर बन्द भएको हो।
यस दिन कुल कारोबार ९ अर्ब ४१ करोड रुपैयाँभन्दा बढीमा सेयर किनबेच भएको छ। समूहगत सूचकमा बैंकिङ (१.८१%) र फाइनान्स (१.७९%) समूहले सबैभन्दा उल्लेख्य वृद्धि गरेका छन्।
कारोबार रकमका आधारमा बुटवल पावर कम्पनी अग्रस्थानमा रह्यो, जसको ५२ करोड ३२ लाख रुपैयाँभन्दा बढीको सेयर किनबेच भयो। दोस्रो र तेस्रो स्थानमा क्रमशः ‘निफ्रा ग्रीन इनर्जी डिबेञ्चर’ र राधी विद्युत कम्पनी परेका छन्।

मंगलबार ३१७ कम्पनीका २ करोड ६५ लाखभन्दा बढी कित्ता सेयरको कारोबार भएको नेप्सेले जनाएको छ।
