काठमाडौं – बैंकिङ क्षेत्रको समग्र सुधार र सुदृढीकरणका लागि गठित कार्यदलले अन्तिम प्रतिवेदन नेपाल राष्ट्र बैंकका गभर्नर प्रा. डा. विश्वनाथ पौडेललाई बुझाएको छ।
डा. रेवतबहादुर कार्कीको संयोजकत्वमा गठन गरिएको कार्यदलमा नेपाल बैंकर्स संघका पूर्वअध्यक्ष भुवनकुमार दहाल सदस्य र राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक गुरु प्रसाद पौडेल सदस्य सचिवका रूपमा सहभागी छन्।
राष्ट्र बैंकबाट गठित कार्यदलले मिति २०८२ असार २४ गते प्रारम्भिक प्रतिवेदन पेश गरेको थियो भने अन्तिम प्रतिवेदन मिति २०८२ असार ३० गते गभर्नर पौडेललाई बुझाइएको हो।

प्रतिवेदनमा बैंकिङ प्रणालीलाई थप स्थायित्व, पारदर्शिता र दीर्घकालीन सुधारतर्फ अग्रसर गराउने नीति सुझावहरू समेटिएको बताइएको छ।
