आफनो  धर्मपत्नी सिता दाहालको स्मृति दिवसको अवसरमा मानव सेवा आश्रम पुगे प्रचण्ड

समाचार

आज (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफनो  धर्मपत्नी सिता दाहालको स्मृति दिवसको अवसरमा मानव सेवा आश्रम, रानीवन पुगेका छन्  ।

उनले आश्रममा आश्रित व्यक्तिहरुसँग आत्मीय भेटघाट गर्नुका साथै भोजन गराए भने उनहरुसँग बसेर आफूले पनि खाना खाए ।

उनले आफू प्रधानमन्त्री भएको बेला हेटौंडामा मानव सेवा आश्रमको केन्द्रीय भवन उदघाटन गरेको स्मरण गर्दै, मानव उद्धारका लागि आवश्यक सवारी साधनको व्यवस्थापनमा सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गरे ।

साथै, मानव सेवा आश्रमले सकारात्मक उदेश्यले देशभर सञ्चालन गरेका काममा साथ र सहयोग पुर्याउने बताए ।

मानवीय सेवामा आधारित यस्ता कार्यहरूले सामाजिक मूल्य र आदर्शको सन्देश दिने धारणा  व्यक्त गरे ।