सोह्रौँ साङ्घाई अन्तराष्ट्रिय पर्यटन प्रदर्शनी शुरू

पर्यटन

सांघाई । विश्वका ५३ मुलुक तथा क्षेत्रका ७५० भन्दा बढी संघसंस्था तथा कम्पनी सहभागी सोह्रौँ साङ्घाई अन्तराष्ट्रिय पर्यटन प्रदर्शनी बिहीबार शुरू भएको छ । उक्त बार्षिक प्रदर्शनीमा चार दिनसम्म चल्ने  छ । आफ्ना उत्पादनको प्रवद्र्धन गर्न विश्वका नयाँ तथा ख्यातिप्राप्त कम्पनीले प्रदर्शनीमा आउने उपभोक्ता तथा नयाँ प्रयोगकर्तासँग सम्वाद गर्ने र वुकिङ् हुने सामानमा छुटको व्यवस्था गर्ने जनाएका आयोजकले जनाएको छ । प्रदर्शनीको करिब ६५ हजारभन्दा चिनियाँ नागरिकले अवलोकन गर्ने आयोजकले जनाएको छ । चिनियाँ संस्कृति तथा पर्यटन मन्त्रालयका अनुसार गत बर्ष चीनबाट विदेश जाने पर्यटकको सङ्ख्या १४ करोड ९७ लाख २० हजार रहेको थियो ।