बैंकर सन्तोष कोइराला ऊर्जा समितिको विज्ञ सदस्यमा नियुक्त

बैंक/वित्त समाचार

काठमाडौं । वैकल्पिक ऊर्जा विकास समितिको सदस्यमा बैंकर सन्तोष कोइराला नियुक्त भएका छन्। उर्जा, जलस्रोत तथा सिचाइ मन्त्रालयको मन्त्रिस्तरीय निर्णयअनुसार उनलाई दुई वर्षका लागि विज्ञ सदस्यका रूपमा नियुक्त गरिएको हो।

कोइराला हाल माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हुन्। उनी नेपालका वाणिज्य बैंकहरूको छाता संस्था नेपाल बैंकर्स संघका अध्यक्षसमेत हुन्।

राष्ट्रिय महत्वका योजनामा उनको रणनीतिक अनुभव र योगदानले वैकल्पिक ऊर्जा क्षेत्रलाई नयाँ गति र दिशा दिने विश्वास लिइएको छ।