NBA Gears Up for Green Finance: सस्टेनेबल बैंकिङ्को साझा अभ्यास यात्रा सुरु

बैंक/वित्त समाज

काठमाडौं । नेपाल बैंकर्स संघ (एनबीए) ले Invest for Impact Nepal (IIN) को सहकार्यमा सस्टेनेबल फाइनान्समा केन्द्रित पहिलो Community of Practice (CoP) बैठक सफलतापूर्वक सम्पन्न गरेको छ । उक्त कार्यक्रममा सस्टेनेबल फाइनान्स अभ्यासलाई प्रवर्द्धन गर्न, कार्यान्वयनमा देखिएका चुनौतीबारे छलफल गर्न, समाधानहरू पहिचान गर्न र अनुभव साटासाट गर्न सहभागिहरूबीच व्यापक विचारविमर्श भएको एनबीएले जनाएको छ ।

एनबीएले सदस्य बैंकहरूलाई सस्टेनेबल फाइनान्स यात्रामा साथ दिन र बैंकिङ्ग क्षेत्रमा संस्थागत क्षमता विस्तार गर्न CoP मंच २०२५ को मार्चमा स्थापना गरेको हो । यस मंचले वैश्विक स्तरमा परिवर्तन हुँदै गइरहेका मापदण्डहरूसँग सदस्य बैंकहरूलाई तालमेल मिलाउने, नालेज सेयर गर्ने, र सहकार्य प्रवर्द्धन गर्ने उद्देश्य रहेको छ ।

कार्यक्रममा Environmental Management Centre Pvt. Ltd (EMC) का डा. प्रसाद मोडक र मिस क्रुपा देसाई ले गहन प्राविधिक सत्र सञ्चालन गरेका थिए । पहिलो सत्रमा सस्टेनेबल फाइनान्सका विभिन्न उपकरण र उत्पादनहरूबारे विस्तृत जानकारी दिइएको थियो । सस्टेनेबल फाइनान्सलाई प्रोत्साहन दिनुपर्ने या नगर्नुपर्ने विषयमा विश्वव्यापी अभ्यासमा छलफल भएको थियो ।दोस्रो सत्रमा Environmental and Social Risk Management System (ESRMS) को भूमिका, र CoP अन्तर्गत तयार भइरहेको साझा ESRMS म्यानुअलको प्रारम्भिक खाका प्रस्तुत गरिएको थियो ।कार्यक्रममा CoP सदस्यले ESRMS कार्यान्वयनमा देखिएका चुनौती र सम्भावनाबारे आफ्नो अनुभव साटदै ESRMS अभ्यासमा अपनाइएका नयाँ उपाय र सामना गरिएका अवरोधबारे छलफल गरेका थिए ।

बैठकमा सवै वाणिज्य बैंकका सस्टेनेबल फाइनान्स विभाग प्रमुखहरू तथा वरिष्ठ अधिकारीहरूको सहभागिता रहेको थियो । CoP बैठकले नेपालको बैंकिङ्ग क्षेत्रमा दिगोपन सम्बन्धी सहकार्यलाई नयाँ उचाइमा पुर्‍याउने विश्वास नेपाल बैंकर्स संघले व्यक्त गरेको छ ।