भारतीय जलसीमामा जहाजमा विस्फोट र आगलागी, नौसेना र कोस्ट गार्ड सक्रिय

अन्तराष्ट्रिय समाचार

एजेन्सी । सिंगापुर फ्ल्याग बोकेको एक कन्टेनर जहाज एमभी वान हाई 503 (MV WAN HAI 503) मा भारतको केरल तट नजिक भीषण आगलागी भएको छ । यो जहाज कोलम्बोबाट नवी मुम्बईतर्फ जाँदै थियो, र १० जूनमा एनपीसी मुम्बई पुग्ने तालिका थियो।

भारतीय नौसेनाका अनुसार ७८ नटिकल माइल टाढा, कोझिकोड जिल्लाको बेपोर तट नजिक जहाजको अन्डरडेकमा सोमवार बिहान १०:३० बजे आगो लागेको जानकारी प्राप्त भएको थियो। त्यसपछि तत्कालै उद्धार कार्यको सुरुवात गरिएको हो।

भारतीय कोस्ट गार्ड (ICG) का अनुसार, केरल तटदेखि १३० नटिकल माइल उत्तर–पश्चिममा रहेको जहाजमा विस्फोटपछि ICG ले तुरुन्त प्रतिक्रिया दिएको थियो। केरल राज्य आपदा व्यवस्थापन प्राधिकरण (SDMA) ले जनाए अनुसार, यो घटना कोझीकोड जिल्लाको बेपोर तटबाट ७८ समुद्री माइल टाढा समुद्रमा भएको हो। अहिले सम्म मानव क्षति नभएको र आगो नियन्त्रणमा ल्याउने प्रयास जारी रहेको बताइएको छ।