काठमाडौं । सरकारले चालु आर्थिक वर्ष २०८१/८२ मा कुल विनियोजनको ८९.४ प्रतिशत मात्र बजेट खर्च हुने अनुमान गरेको छ।
अर्थमन्त्री विष्णु पौडेलले बिहीबार प्रतिनिधिसभामा आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै चालु वर्षको खर्च सम्बन्धी जानकारी दिएका हुन्।
उनका अनुसार चालु खर्चतर्फ ८८.५ प्रतिशत, पूँजीगत खर्चतर्फ ८३.४ प्रतिशत र वित्तीय व्यवस्थापनतर्फ ९७.६ प्रतिशत बजेट खर्च हुने अनुमान छ।


