आर्थिक सर्वेक्षण संसदमा प्रस्तुत: प्रतिव्यक्ति कुल राष्ट्रिय आय बढेर १,५१७ अमेरिकी डलर

राजनीति समाचार

अर्थमन्त्री विष्णु पौडेलले चालू आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धि दर ४.६१ प्रतिशत रहने बताएका छन्। मंगलबार संसदमा आर्थिक सर्वेक्षण प्रस्तुत गर्दै उनले मधेश, कोशी र सुदूरपश्चिमबाहेकका चार प्रदेशको औसत आर्थिक वृद्धि योभन्दा उच्च हुने उल्लेख गरे।

सर्वेक्षणमा चालू आर्थिक वर्षका ८ महिनासम्मको विवरणसहित अघिल्लो वर्षको समग्र आर्थिक अवस्थाको चित्रण गरिएको छ। उक्त विवरणअनुसार चालू आवमा नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) ६१ खर्ब ७ अर्ब रुपैयाँ पुग्ने अनुमान गरिएको छ।

क्षेत्रगत रूपमा हेर्दा, कृषि क्षेत्रमा २५.१६ प्रतिशत, उद्योगमा १२.१६ प्रतिशत र सेवा क्षेत्रमा ६२.१ प्रतिशत योगदान रहने आँकलन गरिएको छ।

यस्तै, प्रतिव्यक्ति कुल राष्ट्रिय आय बढेर १,५१७ अमेरिकी डलर पुगेको अर्थमन्त्री पौडेलले जानकारी दिए।