“BUDGET 2081 UNLEASHED: आज बजेटको बिग ब्यान्ग”

अर्थ समाचार

काठमाडौं । सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकमा आज उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०८१/८२ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) पेस गर्ने कार्यसूची रहेको छ।

सङ्घीय संसद्का महासचिव पदमप्रसाद पाण्डेयका अनुसार बैठक अपराह्न ३ बजेका लागि निर्धारण गरिएको छ। नेपालको संविधानको धारा ११९ बमोजिम अर्थमन्त्री पौडेलले सो आर्थिक वर्षको बजेट प्रस्तुत गर्नेछन्।
संसद् सचिवालयले दुवै सदनका सांसदलाई दिउँसो २:४५ बजेभित्र प्रतिनिधिसभा बैठककक्षमा उपस्थित हुन आग्रह गरेको छ।

यसअघि, अपराह्न १:३० बजे बस्ने प्रतिनिधिसभाको बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्रको वाचन गर्ने कार्यक्रम छ। त्यसपछि अर्थमन्त्री पौडेलले आर्थिक वर्ष २०८२/८३ को आर्थिक सर्वेक्षण संसदमा पेस गर्ने कार्यसूची रहेको छ।

त्यस्तै, राष्ट्रिय सभाको अपराह्न १:४५ बजे बस्ने बैठकमा पनि अर्थमन्त्री पौडेलले ‘आर्थिक वर्ष २०८२/८३ को आर्थिक सर्वेक्षण’ पेस गर्ने सम्भावित कार्यतालिका सार्वजनिक गरिएको छ।