हिन्दू राष्ट्र र राजसंस्थाका पक्षमा राजधानीमा भद्र अवज्ञा: ४५ समूहको साझा सत्याग्रह

राजनीति समाचार

काठमाडौं । राजसंस्था समर्थक तथा हिन्दूवादी दल र समूहहरूले आजदेखि भद्र अवज्ञा आन्दोलन सुरु गर्ने घोषणा गरेका छन्।

करिब ४५ वटा राजावादी–हिन्दूवादी दल र समूहहरू एकीकृत भएर उक्त आन्दोलनको तयारीमा जुटेका हुन्। आन्दोलनको केन्द्र रत्नपार्कलाई बनाएर राजसंस्था पुनःस्थापनाको माग अघि सार्दै निरन्तर गतिविधि सञ्चालन गर्ने जनाइएको छ।

आयोजकहरूका अनुसार भद्र अवज्ञा आन्दोलनको आधार हिन्दू राष्ट्र र राजसंस्था पुनःस्थापना तथा वर्तमान प्रदेश संरचना खारेज गर्नु नै हो। उनीहरूले शान्तिपूर्ण र सत्याग्रहमा आधारित आन्दोलन हुने दाबी गरेका छन्।

आन्दोलनमा दुई हजारभन्दा बढी स्वयंसेवक परिचालन गर्ने तयारी भइरहेको छ। यद्यपि, मञ्च खडा गरेर सभा नगर्ने र प्रत्यक्ष जनसङ्लग्नता हुने कार्यहरूमा शीर्ष नेताहरू अग्रपङ्क्तिमा रहने जानकारी दिइएको छ।