सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा तोकियो पदाधिकारी

समाचार

सरकारका प्रवक्ता सूचना तथा सञ्चार मन्त्री पृथ्वीसुब्बा गुरूङले बुधबार साँझ जानकारी दिए अनुसार सत्य निरुपण तथा मेलमिलाप आयोग आज गठन भएको छ । आयोगको अध्यक्षमा संकुवासभाका श्री महेश थापा तथा सदस्यमा जाजरकोटका श्री अच्युत प्रसाद भण्डारी , पाँचथरका डाक्टर टिका प्रसाद ढकाल , जुम्लाका श्री पदम बहादुर र कन्चंपुरकी श्री कुमारी कौसल्या ओझा शाहीलाई नियुक्त गर्ने निर्णय गरेको छ ।

त्यस्तै बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा तेह्रथुमकी श्री लिलादेबी गर्तौला अध्यक्ष तथा सल्यानका श्री गोपालनाथ योगी , झापाका श्री अग्निप्रसाद थापा , काठमाडौँकी श्री सिर्जना र कास्कीकी श्री बिनिता नेपालीलाई सदस्यमा नियुक्त गर्ने निर्णय गरेको छ ।

पदाधिकारीहरुको तलब सुबिधा राष्ट्रिय मानव अधिकार आयोगका पदाधिकारी सरह हुने जनाइएको छ ।