गठबन्धनमा समस्या छैन, गभर्नर चाँडै बन्छन् : देउवा

राजनीति समाचार

पाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्र बैंकको गभर्नर चाँडै नियुक्त हुने बताएका छन्।

शुक्रबार बुढानीलकण्ठस्थित आफ्नै निवासमा बसेको पदाधिकारी तथा पूर्वपदाधिकारीहरूको बैठकमा, गभर्नर नियुक्तिमा ढिलाइ भएको भन्दै उठेको गुनासोपछि देउवाले छिट्टै टुंगो लाग्ने विश्वास दिलाएका हुन्।

देउवाले यसअघि पनि गभर्नर नियुक्तिको विषयमा गठबन्धनभित्र कुनै विवाद नरहेको स्पष्ट पारेका थिए।

उनले केही दिनअघि एक सार्वजनिक कार्यक्रममा बोल्दै, गभर्नर नियुक्ति प्रक्रिया राष्ट्र बैंककै कारण अलमलमा परेको बताएका थिए।