भारत–पाक तनावको असर: IPL बीचमै रोकियो

अन्तराष्ट्रिय समाचार

भारत–पाकिस्तानबीचको सैन्य तनावपछि सुरक्षा चिन्ताका कारण हाल जारी इन्डियन प्रिमियर लिग (IPL) स्थगित भएको छ |
भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (BCCI) ले भारत र पाकिस्तानबीच बढ्दो सैन्य तनावका कारण इन्डियन प्रिमियर लिग (IPL) स्थगित गरिएको जनाएको छ |
यस निर्णयअघि हिमाचल प्रदेशको धर्मशालामा निर्धारित पञ्जाब किङ्स र दिल्ली क्यापिटल्सबीचको खेल सुरक्षा कारणवश रद्द गरिएको थियो। उक्त स्थल पठानकोटबाट १०० किलोमिटरभन्दा कम दूरीमा पर्ने हुँदा त्यहाँ हवाई हमला चेतावनी बजाइएको थियो। त्यही सन्दर्भमा BCCI ले प्रतियोगिता स्थगन गरेको हो |