गभर्नरको गेम: रेगुलर क्याबिनेट मिटिंग समेत स्केप 

अर्थ आर्थिक बैंक/वित्त

नेपालको १८ औ गभर्नरको नियुक्ति दुषित राजनीतिको बलि चढेको छ |

आजको क्याबिनेट मिटिंगबाट नेपाली कांग्रेस सभापतिको रोजाइमा परेका डा. गुणाकर भट्ट  गभर्नरमा   नियुक्ति हुने अनुमान थियो तर  यो समाचार तयार पार्दासम्म पनि सोमबारे बैठकको कुनै चालचुल छैन |

वैशाख २ गते देउवा थाइल्यान्ड जानुअघि नै राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्टलाई गभर्नर नियुक्त गर्नु उपयुक्त हुने सुझाव सरकारलाई स्पष्ट रूपमा दिइएको थियो। तर, सो स्पष्ट सिफारिस प्राप्त भएको एक महिनाभन्दा बढी समय बितिसक्दा पनि सरकारले गभर्नर नियुक्त गर्न ढिलाइ गर्नुको अर्थ के हो?

के यो निर्णय गर्न असमर्थ सरकारको लाचारी हो, कि कुनै अदृश्य चलखेल सत्ताभित्रको स्वार्थको खेल?

प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारमाथि तीव्र प्रहार गर्दै गभर्नर नियुक्तिमा देखिएको अकर्मण्यता र अहंकारको बेलुन च्यातिएको टिप्पणी गरेका छन्।

सोमबार प्रतिनिधि सभाको बैठकमा उनले कटाक्ष गरे, “पूरा एक महिना बितिसक्दा पनि सरकार एकजना गभर्नरसम्म नियुक्त गर्न सक्दैन भने, त्यो दुई तिहाइको दम्भ अब केवल एक च्यातिएको बेलुन मात्र हो भन्ने मलाई प्रष्ट भएको छ।” उनको यो बयान सत्ता गठबन्धनको नेतृत्व क्षमतामाथिको कडा प्रश्नचिन्ह हो।

यस अघि चैत २४ मा तत्कालीन गभर्नर महाप्रसाद अधिकारीको ५ वर्षे कार्यकाल पूरा भएसँगै २५ चैतदेखि लागु हुनेगरी अर्थमन्त्री विष्णु पौडेलले नीलम ढुंगाना तिम्सिनालाई वरिष्ठ डेपुटी गभर्नरको रुपमा कायम मुकायम गभर्नरको जिम्मेवारी दिएका थिए । हालसम्म राष्ट्र बैंकमा को गभर्नर बन्ने भन्ने अन्योल कायमै छ |

भट्टको बाटो छेक्दै ढुंगाना, कांग्रेसको दबाबमा ओलीको योजना अन्योलमा

यसै बीच हिजो आइतवार राति अबेर कांग्रेस सभापति र प्रधानमन्त्रि ओली बीच भेट भएको अपुस्ट समाचारहरु बाहिर आएको छ |ओलीले सिफारिस समिति पूर्ण भइसकेको र अब केही दिनभित्रै प्रक्रिया टुंग्याएर वैशाख २५ गतेको मन्त्रिपरिषद् बैठकमार्फत गभर्नर नियुक्त गरिने आश्वासन दिएको समेत चर्चा हाल बजारमा चलेको छ |

अर्को तर्फ आज सम्म प्रधानमन्त्रि ओलीकै इसारामा कायममुकायम गभर्नर नीलम ढुंगाना  तिम्सिनाले डा. गुणाकर भट्टको राजीनामा अहिलेसम्म स्वीकृत गरेकी छैनन्। स्रोतका अनुसार, भट्टको राजीनामा स्वीकृत गराएर उनलाई स्थायी गभर्नर नियुक्त गर्ने तयारी सरकारको छ। तर, ढुंगाना स्वयं पनि गभर्नरको दौडमा रहेकाले उनले जानाजानी ढिलाइ गरिरहेकी छन्।

प्रधानमन्त्री केपी शर्मा ओली ढुंगानालाई नेपालको पहिलो महिला गभर्नर बनाउने चाहनामा देखिन्छन्, तर सत्ता गठबन्धनको अर्काे दल नेपाली कांग्रेसले गभर्नर पदमा आफ्नै दाबी गरेपछि सत्तामा शक्ति सन्तुलनको रस्साकस्सी सुरु भएको छ।

यस प्रष्ट संकेत गर्छ—गभर्नर नियुक्ति प्रक्रिया नीतिगत निर्णयभन्दा बढी सत्ता र स्वार्थको खेल बनेको छ।

सत्ताको स्वार्थ यसरी नै चुलिदै जाँदा गभर्नरको खोजी भइरहेको नेपालले कतै नयाँ प्रधानमन्त्री नै त पाउने हैन ? राजनैतिक पण्डितहरु बीच खासखुस चल्न थालेको छ |