लिक्विडिटी म्यानेजमेन्टमा व्यस्त रास्ट्र बैंक: ५० अर्ब रुपैयाँ बजारबाट तान्दै

अर्थ समाचार

बजारमा रहेका अधिक तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले आज (आइतबार) ५० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन उपकरण जारी गर्दैछ। यस उपकरणको बोलकबोल प्रक्रिया आज दिउँसो ३ बजेसम्म सम्पन्न हुने राष्ट्र बैंकले जनाएको छ।

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूको अतिरिक्त तरलता सङ्कलन गर्न २१ दिन अवधिको निक्षेप संकलन उपकरण प्रयोग गर्न लागेको हो। यसमार्फत कम्तीमा १० करोड र बढीमा ५ अर्ब रुपैयाँसम्म माग गर्न सकिने व्यवस्था गरिएको छ। मागभन्दा बढी रकम परेमा बाँडफाँडको क्रममा अधिकतम ५ अर्ब रुपैयाँसम्म निःशेष भाग जान सक्नेछ।

साँवा तथा ब्याज भुक्तानी मिति असार ६ गते तोकिएको छ भने ब्याजदर भने बोलकबोल प्रक्रियाबाटै निर्धारण हुनेछ।

यसअघि वैशाख १७ गते राष्ट्र बैंकले निक्षेप संकलनमार्फत ५० अर्ब रुपैयाँ तान्न प्रयास गर्दा बैंक तथा वित्तीय संस्थाबाट १ खर्ब ७ अर्ब ३५ करोड रुपैयाँ बराबरको आवेदन परेको थियो। सो प्रक्रियामा औसत ब्याजदर २.८५ प्रतिशत तोकिएको थियो।