काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नर छनोट समिति अब पूर्ण बनेको छ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले निवर्तमान गभर्नर महाप्रसाद अधिकारीलाई समिति सदस्यका रूपमा नियुक्त गर्दै रिक्त स्थान पूर्ति गरेको हो।
समितिमा रहेका पूर्वगभर्नर विजयनाथ भट्टराईले बैशाख ९ गते राजीनामा दिएपछि उक्त स्थान रिक्त थियो। भट्टराईले समितिका संयोजक तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बैठक नबोलाएको, आफू कसैको ‘रबर स्टाम्प’ बन्न नसक्ने भन्दै पद त्याग गरेका थिए।

नेपाल राष्ट्र बैंक ऐनअनुसार समिति सदस्यमा एकजना पूर्वगभर्नर अनिवार्य हुनुपर्ने व्यवस्था छ। यही प्रावधानअनुसार सरकारले अधिकारीलाई चयन गरेको हो।
