बैंकहरुमै फाइनान्सियल लिटरेसी को अभाव: किन गर्दैछन् एफडीलाई टाटा बाइबाइ!

अर्थ समाचार

नेपालका बैंकहरूमा एक समय यस्तो थियो, जब एफडी (Fixed Deposit) खातालाई पैसा तान्ने ‘स्मार्ट’ ईन्सट्रुमेंट मानिन्थ्यो। बैंकले दिने ल्युक्रेटीभ ब्याजले बचतकर्ता लाइन लागेर एफडी खोल्न जान्थे |तर अहिले ब्याज दर घट्दै जाँदा एफडी खाताको ग्ल्यामर, ब्याक टु ब्याक ४/५ फल्प फिल्म दिने हिरो हिरोइन तथा सेलिब्रेटीको क्रेज हराएको जस्तै हराउँदै गएको छ — पहिले सुपर हिट , अहिले फिट फिट!

नेपाल राष्ट्र बैंकका अनुसार, २०८० साउनमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा एफडीको हिस्सा ६१.३% थियो। त्यो अनुपात २०८१ फागुनसम्म आइपुग्दा घटेर ५१.७% मा झरिसकेको छ। झन्डै १० प्रतिशत बिन्दुले घटेको यो गिरावट देख्दा लाग्छ – एफडीलाई आफ्नै बैंकले “घरेलु पर्यटक” जस्तै व्यवहार गरिरहेको छ; विदेशी टुरिस्ट कम हुदा वेलकम वेलकम, विदेशी टुरिस्ट बढ्ने बित्तिकै नट इन्ट्रेस्टेड|

लो इन्ट्रेस्ट, लो कन्फिडेन्स:

बैंकहरू अहिले एफडीको ब्याजदर घटाउँदै छन्, यस्तो घटाइ कि धेरै बैंकमा सामान्य बचत खाता खोल्दा पाइने ब्याज पनि एफडीभन्दा माथि जान थालेको छ। एक दर्जनभन्दा बढी बैंकले वैशाख १ गतेदेखि लागू हुनेगरी अल्पकालीन एफडीको ब्याजदरलाई बचत खाताभन्दा तल झारेका छन्।
अब प्रश्न उठ्छ – जब बचत खातामा पैसा राख्दा फिर्ता लिने स्वतन्त्रता पनि मिल्छ र त्यही ब्याजदर पनि पाउने हो भने, किन कोही आफ्ना पैसा एफडीको नाममा ‘पाँचतारे होटल’मा बन्धक राखून्?

एफडीको ग्ल्यामर घट्नुको ३ प्रमुख कारण:

१. बैंक्स नट इन्ट्रेस्टेड:
वाणिज्य बैंकको औसत ब्याज ८% बाट झरेर ४.५४% मा आइपुगेको छ। विकास बैंक र वित्त कम्पनीहरूको हालत पनि त्यस्तै छ। ब्याज घटाउँदै गर्दा बैंकले भनेझैं ‘तरलता प्रशस्त छ’ भन्ने त छ, तर ‘ग्राहक विश्वास’ पनि तरल हुँदै गएको छ।
२. सेयर बजारको ग्ल्यामर:
“एफडीमा पैसा राखेर ५% ब्याज खाने कि सेयर बजारमा झ्याम्म हानेर ५०% मुनाफा?” भन्ने गणित हाल धेरैको मनमा बसेको छ। जोखिम भन्ने शब्द अहिले ‘रोमान्स’ जस्तै लाग्न थालेको छ
३. नया नया विकल्पहरूको उदय:
डिजिटल फिनटेक प्लेटफर्म, सहकारीहरू, ऋणपत्रहरू, र म्युचुअल फन्डहरूले एफडीको पुरानो ग्ल्यामरलाई लाई चुनौती दिइरहेका छन्।
बैंकहरूको रणनीति : ‘अस्थायी लाभ, दीर्घकालीन घाटा’?
एफडी घट्नु अहिलेको सन्दर्भमा समस्याजनक नलागे पनि, यसले दीर्घकालमा बैंकको कर्जाको स्रोतमा नराम्रो असर पुर्याउन सक्छ। दिर्घ कालिन लगानी योग्य कर्जा विस्तारको क्षमता खुम्चिन सक्छ। एफडी प्रति ब्यांकहरुको यो व्यवहारले ग्राहकको ‘लय’ हराउँछ र त्यसको असर ‘लाभ’ मा भोलि देखिन थाल्छ।

एफडीलाई अहिले बैंकहरूले टाटा बाइबाइ झैँ गरेका छन्, तर जब तरलता संकट आउँछ, यही एफडीको सम्झना आएर ‘कहाँ गयो त्यो ग्राहक?’ भन्ने हुँदैन भन्न सकिन्न। ग्राहकलाई ‘भावनात्मक ब्याज’ दिन नसकेको बैंकले ‘वास्तविक ब्याज’मा टिकाइ राख्न सक्दैन।

मोरल अफ द स्टोरी: एफडी भनेको लभ अफेयर जस्तै हो – एकपटक भरोसा गुम्यो भने, गुम्यो, गुम्यो!