प्रधानमन्त्री केपी शर्मा ओलीले ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम)लाई बर्खास्त गरेका छन्।
तामाङले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाइएकोप्रति असन्तुष्टि जनाउँदै आएका थिए। उनले सार्वजनिक रुपमा सरकारको निर्णयको आलोचना गरेका थिए, जसले प्रधानमन्त्री ओलीलाई असन्तुष्ट बनायो।
सरकारभित्र बसेर सार्वजनिक रुपमा विरोध जनाउनु अनुचित ठहर गर्दै ओलीले तामाङलाई बुधबार पदबाट हटाउने निर्णय गरेका हुन्।

नेपाली कांग्रेसको कोटाबाट मन्त्री बनेका तामाङ रामेछाप क्षेत्रबाट प्रतिनिधि सभामा निर्वाचित भएका थिए।
