प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको जिम्मेवारी रघुजी पन्तलाई दिएका छन्। आज (बुधबार) प्रधानमन्त्री ओलीले पन्तलाई औपचारिक रूपमा मन्त्रीमा नियुक्त गरेका हुन्।
नवनियुक्त मन्त्री पन्तको शपथग्रहण कार्यक्रम भने बिहीबारका लागि तय गरिएको छ।
मन्त्रिपरिषद्मा पन्तको वरियताको क्रम परराष्ट्रमन्त्री डा. आरजु राणा देउवापछि आठौँ स्थानमा रहेको छ।

यसअघि शिक्षामन्त्रीको जिम्मेवारीमा रहेकी विद्या भट्टराईले सोमबार पदबाट राजीनामा दिएकी थिइन्। उनी पदबाट किन हटिन् भन्ने विषयमा आधिकारिक धारणा आएको छैन।
