
काठमाडौं, ३ बैशाख । सरकारले लाखौं हेक्टर जमिनमा कफी खेती विस्तार गर्ने योजना अघि सारेको छ । कृषि तथा पशुपंक्षी विकास मन्त्री चक्रपाणी खनालले केही हेक्टर जमिनमा लगाइएको कफी खेतीलाई लाखौंको हेक्टरमा विस्तार गर्ने योजना अघि सारेका हुन् ।
मंगलबार काठमाडौंमा आयोजित २ दिने कफी व्यवसायीहरुको अन्तर्राष्ट्रिय सम्मेलनको समापन गर्दै मन्त्री खनालले अन्तर्राष्ट्रिय बजारको मागलाई धान्न पनि नेपालमा कफी खेतीको विस्तार गर्न जरुरी रहेको पनि स्पष्ट पारे ।
मन्त्री खनालले नेपालमा रोजगारीको अवसर सृजना गर्न पनि कफी खेतीले योगदान दिन सक्ने भएकाले त्यसको विकासमा सम्बन्धित सबै पक्षको ध्यान जानुपर्ने आवश्यक्ता रहेको बताए ।



