गृहमन्त्री रमेश लेखक घटनास्थल निरीक्षणमा जाँदै

राजनीति समाचार

शुक्रबार हिंसात्मक प्रदर्शन भएको क्षेत्रको निरीक्षण गर्न गृहमन्त्री रमेश लेखक अहिले बिहान जाने भएका छन् । त्यहाँ जारी गरिएको कर्फ्यु आदेशको समय सकिएको छ ।  नेपाल प्रहरी हाईअलर्टमा रहेको छ, यधपी अहिले सम्म त्यहाँ कुनै किसिमको प्रदर्शनको संकेत रहेको छैन |

शुक्रबार काठमाडौंमा राजावादीहरुको प्रदर्शन तितरवितर भएपछि सिंनामंगल क्षेत्रमा प्रदर्शन गर्न खोज्नेहरुलाई प्रहरीले लखेटेको थियो ।
शुक्रबार साँझ सिनामंगलको ओरालोलगायत रिंङरोड क्षेत्रमा प्रदर्शन गर्दै टायर बाल्ने आन्दोलनकारीलाई प्रहरीले लखेटेको हो ।
विभिन्न स्थानमा आगजनी र तोडफोड गर्दै हिंडेका आन्दोलनकारीहरुलाई प्रहरीले सिनामंगल क्षेत्रबाट लखेटेको हो ।