राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीलाई प्रहरीले घरमै नजरबन्द गरेको छ ।
गुह्वेश्वरी हाइटस्थित निवासमै प्रहरीले उनलाई नजरबन्द गरेको जानकारी आएको छ । सुवेदी तीनकुनेमा शुक्रबार भएको हिंसात्मक प्रदर्शनमा शुक्रबार सहभागी भएका थिए ।
उनको स्वास्थ्य अवस्थालाई ध्यानमा राखेर अहिले प्रहरीले पक्राउ नगरेको र अवस्था हेरेर आवश्यक निर्णय लिने बताइएको छ ।

आन्दोलनलाई भड्काएको आरोपमा राप्रपाका उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर राणा पनि पक्राउ परेका छन् ।
शुक्रबार दिउँसो तीनकुनेमा प्रसाईंको कमाण्डमा भएको हिंसात्मक प्रदर्शनका कारण अवस्था तनावग्रस्त बन्न पुगेको थियो ।
अवस्था तनावपूर्ण बनेपछि प्रशासनले भोलि बिहान सात बजेसम्मका लागि काठकाडौंका विभिन्न स्थानमा कर्फ्यु जारी गरेको छ ।
जिल्ला प्रशासन कार्यालयका अनुसार भोलि बिहान सात बजेसम्म कर्फ्यु जारी रहनेछ ।
