कतै ज्ञानेन्द्र प्रसाद ढुंगानाको सपना उडाउन लागेको त हैन एमालेको हुरी ले?

अर्थ

नेपाल राष्ट्र बैंकको नयाँ गभर्नर नियुक्तिको विषयले अहिले ठूलै खिचातानी ल्याएको छ। नबिल बैंकका पूर्व सीईओ ज्ञानेन्द्र प्रसाद ढुंगानाको उम्मेदवारी विवादित बन्दा प्रधानमन्त्री केपी शर्मा ओलीले उनको नियुक्तिमा असहमति जनाएको हल्ला बजारमा चल्न थालेको छ ।

झन् नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा हाल राष्ट्रिय योजना आयोगका सदस्य डा प्रकाश कुमार श्रेष्ठले राष्ट्र बैंकबाट राजिनामा दिएको खबर १४ गते बिहिबार सार्वजनिक भएपछि, यो तर्कले थप पुष्टी प्राप्त गरेको छ ।

नेकपा एमाले र नेपाली कांग्रेसबीच गभर्नर नियुक्तिलाई लिएर ठुलै मतभेद देखिएको छ। दुवै पार्टीले आफ्ना मान्छे अघि सार्न खोजिरहेका छन् ।

प्रधानमन्त्री ओली अप्रिल १ मा थाइल्याण्डमा हुने BIMSTEC बैठकमा जाने तयारी गर्दैछन् । त्यसअघि नै सरकारले नयाँ गभर्नरको टुंगो लगाउने योजना बनाएको छ । कांग्रेस, एमाले र उद्योगपतिहरूबीचको रस्साकस्सीले गभर्नर नियुक्ति अन्योलपूर्ण बनेको छ ।

केही दिनअघि मात्र ढुंगानाले नबिल बैंकको सीईओ पदबाट राजीनामा दिएका थिए। विभिन्न विवादमा परेकोले उनको नियुक्तिलाई लिएर आलोचकहरूले प्रश्न उठाएका छन्। बैंकिङ क्षेत्रका जानकारहरूले यसलाई कन्फ़्लिक्ट अफ इन्ट्रेस्ट हुने भन्दै, ढुंगानालाइ गभर्नर बनाउनु नहुने तर्क अघि सार्दै आएका छन ।

राष्ट्र बैंक ऐनअनुसार, व्यावसायिक बैंकका उच्च पदमा बसेका व्यक्तिहरूले नियामक निकायमा जानुअघि ‘कूलिङ अफ पिरियड’ पूरा गर्नुपर्ने नियम छ। तर, ढुंगानाको हतारोमा गरिएको राजिनामा समेतले कानुनी र नैतिक प्रश्न उठाएको छ ।