काठमाडौं : नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदबाट बर्खास्त भएका कुलमान घिसिङले सर्वोच्च अदालतमा रिट दायर गरेका छन्। आफूलाई गैरकानुनी रूपमा पदमुक्त गरिएको दाबी गर्दै उनले बिहीबार उक्त रिट निवेदन दर्ता गरेका हुन्।
रिटमा कुलमानले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, ऊर्जामन्त्री र उनको मन्त्रालय, नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समिति तथा नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई विपक्षी बनाएका छन्। सर्वोच्च अदालतले उक्त रिट निवेदनमाथि प्रारम्भिक सुनुवाइ शुक्रवार हुने सम्भावना रहेको जनाएको छ।
