अमेरिकाले अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग यूएसएआईडीका ८३ प्रतिशत कार्यक्रमहरू रद्द गर्ने भएको छ ।
६ हप्ताको समीक्षा पछि यूएसएआईडीका ८ सय ३५ कार्यक्रम रद्द गर्ने निर्णय अमेरिकाले गरेको हो । अमेरिकी विदेशमन्त्री मार्को रुबियोलेसामाजिक सञ्जाल प्लेटफर्म एक्समा रद्द गरिएका पाँच हजार २ सय सम्झौतामा अरबौं डलर अमेरिकाको राष्ट्रिय हित विपरित खर्च गरिएको जनाएका हुन् ।
अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार रुबियोले विशेष गरी सरकारी विभागहरूमा लागत कटौती र रोजगार कटौती गर्ने अभियानमा एलन मस्कको नेतृत्वमा रहेको सरकारी दक्षता विभागलाई धन्यवाद समेत दिएका छन् ।

ट्रम्प र उनका सहयोगीहरूले विदेशी सहयोग बेकार भएको र अमेरिकी हितमा नरहेको तर्क गर्दै आएका छन् । राष्ट्रपति डोनाल्ड ट्रम्पले जनवरीमा एक कार्यकारी आदेशमा हस्ताक्षर गरेर विदेशमा खर्चको मूल्याङ्कन गर्न समय दिनको लागि सबै अमेरिकी वैदेशिक सहायता रोक्न माग गरेका थिए ।
यूएसएआईडीले १ सय २० देशमा अमेरिकी मानवीय सहायता प्रदान गर्दै आएको छ ।
