
काठमाडौं– केही हप्ता यता आन्दोलनरत सरकारी चिकित्सक संघ नेपालले १५ दिनका लागि आन्दोलनका कार्यक्रम स्थगित गरेको छ । विज्ञप्ति जारी गर्दै संघले आफ्ना मागहरुप्रति सकारात्मक सोच राखी १५ दिनभित्रै समस्याको सम्बोधन गर्ने सम्बन्धित निकायको प्रतिबद्धता आए अनुसार त्यतिञ्जेलसम्मका लागि आन्दोलन स्थगित गर्ने जनाएको हो ।


