जिल्ला प्रशासन कार्यालय बाग्लुङमा झन्डै पन्ध्र हजार राष्ट्रिय परिचयपत्र थन्किएका छन् ।
सरकारले राष्ट्रिय परिचयपत्रलाई अनिवार्य बनाउने घोषणा गरेपनि सेवाग्राही लिन नआएपछि परिचयपत्र त्यतिकै थुप्रिएका हुन । सेवाग्राही नआएपछि स्थानीय तहका प्रमुखसंग समन्वय गरेर गाउँ गाउँमै वितरण गर्ने योजना प्रशासनले बनाएको छ ।
नयाँ परिचयपत्रको लागि दैनिक दुई सय सेवाग्राही आउने भएपनि थन्किएका परिचयपत्रहरू लिन भने कमै मानिस पुग्ने गरेका छन । विवरण भर्ने सेवाग्राही धेरैजसो विदेश गइसकेको र भएका समेत लिन पुग्ने गरेका छैनन् ।

राहदानी समेत १ हजार जनाले नलगेको प्रशासन कार्यालयले जनाएको छ । बाग्लुङमा हालसम्म ३० हजारसेवाग्राहीले राष्ट्रिय परिचय पत्र बनाएका छन् ।
