राजसंस्था समर्थकहरूले दरबारमार्गमा प्रदर्शन गरेका छन्। मुलुकमा हिन्दू राष्ट्रसहितको राजसंस्था पुनःस्थापना हुनुपर्ने माग राख्दै उनीहरुले प्रदर्शन गरेका हुन् । राष्ट्रिय झण्डासहित प्रदर्शनमा सहभागीहरुले राजसंस्थाको पक्षमा नारा लगाएका थिए । शाही युवा शक्तिको ब्यानरमा आयोजित र्यालीका सहभागीहरूले नारायणहिटी संग्रहालयमा राखिएको श्रीपेच राजालाई पुनः लगाइदिने चेतावनी दिएका छन्। प्रदर्शनकारीहरूले पुरानो राष्ट्रिय गान “श्रीमान् गम्भीर नेपाली” गसमेत गाएका थिए।

