विरोध केबलकारको टार्गेटमा ग्लोबल आइएमई बैंक र ढकाल: कतै कहीं पे निगाहें कहीं पे निशाना त होइन ?

अर्थ

ताप्लेजुङको पाथीभरा (मुक्कुम्लुङ) क्षेत्रमा केवलकार निर्माणको बिरोध तिब्र हुदै जाँदा गत सोमबार उत्पन्न विवाद समाधानका लागि सम्बद्ध पक्षहरूसँग वार्ता गर्न गृह मन्त्रालयका सहसचिव प्रेमप्रसाद भट्टराईको संयोजकत्वमा वार्ता टोली गठन गरेको थियो | यसको साथै मङ्गलबार राति संघर्ष समिति सरकारबीच ६ बुँदे सहमति भएसँगै आन्दोलन स्थगित भएको छ । पाथीभरा संघर्ष समितिसँग माघ २७ गते बस्ने अर्को वार्ताले त्यहाँका असहमतिलगायत विषयको टुंगो लगाउने बताइएको छ।

 यस बीच पाथीभरा (मुक्कुम्लुङ) क्षेत्रमा केवलकार निर्माणको विरोध बाट सुरु भएको बिबाद बिस्तारै कुनै एक ब्यबसायी तथा बैंक बीच लक्षित हुदै गएको प्रतित समेत हुन थालेको छ | सामाजिक सञ्जालमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल तथा उनी अध्यक्ष रहेको ग्लोबल आइएमई बैंक प्रति निश्चित समुहले टार्गेट गरेको समेत अनुभव गर्न थलिएको उद्यमी व्यवसायी तथा बेङ्करहरू माझ चल्न थालेको छ |

 ताप्लेजुङको पाथीभरा (मुक्कुम्लुङ) क्षेत्रमा केवलकार निर्माणको बिरोध तथा त्यसको समाधान प्रयास गृह मन्त्रालयका सहसचिव प्रेमप्रसाद भट्टराईको संयोजकत्वमा वार्ता टोलीले गरिरहेको अवसथामा महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल र ग्लोबल आइएमई बैंकप्रतिको नकारात्मक प्रचारले जनतामा भ्रमको खेती बाहेक अन्य केहि नरहेको उद्यमी ब्यबसायीहरूले जनाएका छन |

 उद्यमी व्यवसायी, बैंकर तथा नियामक सबै चिन्तित

 विरोधको टार्गेट बिस्तारै बैंक लक्षित हुँदै जाँदा यसले बैंक तथा वित्तीय क्षेत्र मात्र होइन नियामक निकाय लाइ समेत झस्काएको छ | नेपाल राष्ट्र बैंकका बैंक तथा वित्तीय संस्था नियमन विभाग कार्यकारी निर्देशक गुरुप्रसाद पौडेलले आफ्नो सामाजिक सञ्जाल पोस्ट मार्फत हाल नेपाल रस्तर बैंक बाट ‘ क’ बर्गको इजाजत प्राप्त ग्लोबल आइएमई बैंक विरुद्ध गरिएको प्रहार गलत भन्दै कसैको उक्साहटमा संलग्न नहुदा राम्रो हुने बताएका छन |

 

मेरो प्रयास ताप्लेजुङको विकास र समृद्धि, तर मै माथि किन प्रहार ? : चन्द्रप्रसाद ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले ताप्लेजुङ जिल्लाको विकास र समृद्धिमा पाथिभरा केवलकार कोसेढुङ्गो साबित हुने बताउदै आएका छन | हाल गठित वार्ता टोलीले संघर्ष समिति लगायत सबै पक्ष संग बार्ता मार्फत यसको स्थायी समधान निकाल्ने र निकट भविस्यमै  केवलकार निर्माणको कार्य सुरुहुने मा आफु विश्वस्त रहेको इन्स्टा खबरसंगको कुराकानीमा बताएका छन |

 ताप्लेजुङको पाथिभरामा निर्माण हुने केवलकारले ताप्लेजुङ मात्र नभई समग्र कोशी प्रदेश तथा मुलुककै विकास र समृद्धिमा सहयोग पुग्ने परियोजना संचालन गर्न खोज्दा उल्टो व्यक्तिगत रुपमा आफू तथा विशेष गरी ग्लोबल आइएमई बैंक विरुद्ध गरिएको प्रहारले मर्माहत भएको बताएका छन | यस्ता कुनै यसप्रकारमा एक रति पनि सत्यता छैन ढकाल भनछन – ग्लोबल आइएमई बैंक ईज बेस्ट प्रफोर्मिंग बैंक इन नेपाल |

ग्लोबल आइएमई बैंक लिमिटेडको वित्तीय विवरण: अल इज वेल, प्रफिट ३ अर्ब +

ग्लोबल आइएमई बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार सो अवधिसम्ममा बैंकको खुद नाफा ३ अर्ब नाघेको छ।

चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा बैंकले ३ अर्ब ५ करोड ३४ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४९.५१ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले २ अर्ब ४ करोड २३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

त्यस्तै, बैंकको कुल सञ्चालन आम्दानी ४.४१ प्रतिशत घटेको छ। समीक्षा अवधिमा बैंकको इम्पेरमेन्ट चार्ज ४ अर्ब १३ करोड ६० लाख रुपैयाँबाट घटेर २ अर्ब २० करोड ३७ लाख रुपैयाँमा झरेको छ। जसका कारण बैंकको सञ्चालन मुनाफा ४७.८८ प्रतिशत बढेको छ।

नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ४ रुपैयाँ ७१ पैसा बढेर १६ रुपैयाँ २ पैसा पुगेको छ। पुस मसान्तसम्ममा बैंकको प्रतिशेयर नेटवर्थ १६९ रुपैयाँ ५८ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात १३.८६ गुणा रहेको छ। सो अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा २ अर्ब ६४ करोड ५३ लाख रुपैयाँ रहेको छ भने वितरणयोग्य प्रतिशेयर आम्दानी १२ रुपैयाँ ४९ पैसा रहेको छ।

३८ अर्ब ११ करोड ५८ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा २६ अर्ब ५२ करोड २७ लाख रुपैयाँ सञ्चित छ। पुस मसान्तसम्ममा बैंकले ५ खर्ब १३ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ४ खर्ब ७ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ।

 यस अघि नेपालका तीनवटा निजी क्षेत्रका संस्थाहरुले पाथिभरा (मक्कुम्लुङ) क्षेत्रको पर्यटन विकास तथा प्रवद्र्धन गर्न केवलकार निर्माणको परियोजना अघि बढिरहेको सन्दर्भमा यसको विरोध गर्दै भइरहेका गतिविधि प्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै बन्द हडतालका कार्यक्रम तत्काल रोक्न आग्रह गरेका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्शले संयुक्त विज्ञप्ति जारी गर्दै परियोजनाको विषयलाई लिएर कोशी प्रदेशका जिल्लाहरूमा भइरहेको बन्द हडतालले त्यहाँको शैक्षिक, आर्थिक तथा सामाजिक जनजीवन समेत अस्तव्यस्त भएको सर्वसाधारणले सास्ती भोगनु परेको र यस्ता गतिविधिले देशको पूर्वाधार विकासका लागि लगानीमैत्री वातावरण विथोलिने अवस्था सिर्जना हुने बताएका छन् । 

“नेपालको समग्र आर्थिक विकासमा निजी क्षेत्रको महत्वपूर्ण भूमिका रहेको सर्वविदितै छ ।  उद्योग, व्यापार, बैंकिङ, उर्जा, कृषि, पर्यटन, सञ्चार लगायत अन्य विभिन्न पूर्वाधार विकास तथा सेवा क्षेत्रमा निजी क्षेत्रको गरेको लगानीले देशको समृद्धिमा उल्लेखनीय योगदान पुर्‍याएको छ । तर विकासका कार्य रोक्न भइरहेका पछिल्ला गतिविधिले नेपालमा लगानी गर्ने स्वदेशी तथा विदेशी लगानीकर्ताहरुलाई नकारात्मक सन्देश प्रवाह गर्ने हुनाले सम्बन्धित सरोकारवालाहहरूलाई यस विषयमा गम्भीर बन्न,विकास निर्माणको कार्यलाई सहज र निर्वाध रुपमा सञ्चालन गर्ने वानतावरण सिर्जना गर्न आग्रह गर्दछौं । ” विज्ञप्तिमा भनिएको छ ।