काठमाडौं : नेपाल बिमा प्राधिकरणको कार्यकारी निर्देशकमा सुशिल देव सुवेदी नियुक्त भएका छन् ।
कार्य सम्पादन मूल्याकंनमा सबैभन्दा धेरै नम्बर प्राप्त गर्दै सुवेदीे प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त भएका हुन् । प्राधिकरणको बुधवार बसेको पदपूर्ति समितिको बैठकले सुवेदीलाई कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको हो । प्राधिकरणले लोकसेवा आयोगकोे स्वीकृति पश्चात रिक्त कार्यकारी निर्देशक कार्यक्षमताको मूल्यांकनबाट बढुवा गरेको हो ।
सुवेदीले ७७.१९४ अंक पाएर कार्यकारी निर्देशक बन्न सफल भएकोे प्राधिकरणले जनाएको छ ।
