
तस्बिर साैजन्य : सुगत तामाङकाे फेसबुक
सगरमाथाको प्रवेशद्वार मानिने लुक्ला विमानस्थलमा समिट एअरको विमान धावनमार्गबाट चिप्लिएर गई मनाङ एअरको हेलिकप्टरमा ठोक्किँदा मानवीय क्षति भएको छ।घटनामा परेर समिट एअरको विमानका एक सहचालक र विमानस्थल सुरक्षामा खटिएका नेपाल प्रहरीका दुई प्रहरी सहायक निरीक्षकको मृत्यु भएको हो। विमानले श्री एअरको अर्को हेलिकप्टरलाई पनि केही क्षति पुर्याएको छ।
साभार : बिबिसी नेपाली



