
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री निवास बालुवाटारबाट नयाँ वर्षको अवसरमा देशबासीको नाममा सम्बोधन गरेका छन् ।
सम्बोधनको क्रममा प्रधानमन्त्री ओलीले एक वर्षभरीको सरकारको उपलब्धीको चर्चा गरेका थिए ।
उनले प्रधानमन्त्री रोजगार कार्यक्रम, नेपालको पानी, जनताको लगानी, खोलौं बैंक खाता अभियानको सुरुआतलाई मूख्य उपलब्धीको रुपमा व्याख्या गरेका थिए ।



