पाथीभराको टुप्पोमा कुनै होटल वा रेष्टुरेन्ट बन्न दिइने छैन् : सांसद भट्टराई

विविध समाचार

काठमाडौं । ताप्लेजुङका प्रतिनिधिसभा सदस्य योगेश भट्टराईले पाथीभराको टुप्पोमा कुनै होटल वा रेष्टुरेन्ट बन्न नदिईने बताएका छन् ।

बुधबार काठमाडौंमा पत्रकार सम्मेलन मार्फत ताप्लेजुङमा निर्माणाधिन पाथीभरा देवि मुकुम्लुङ केबलकार सम्बन्धमा आफ्ना धारणा व्यक्त गर्दै उनले बाहिर २५ हजार रुख काट्ने प्रचार गरिएकोमा आपत्ति जनाउँदै त्यसमा कुनै सत्यता नरहेको बताए ।

उनले भने, ‘निर्माण कम्पनीले प्रस्तुत गरेको डिपिआर र राज्यका निकायले स्वीकृत गरेको परियोजना प्रस्ताव तथा वातावरणिय प्रभाव मुल्याङकन प्रतिविदेनका आधारमा हेर्दा केबलकारको संचालनले कुनै पनि धर्म संस्कृति र आस्थालाई कमजोर पार्ने देखिदैन । पवित्र कान्छी थान भन्दा केबलकार करिब २ सय मिटरका दुरीमा रहेको छ । पाथीभराको मूल मन्दिर भन्दा करिब ८ सय मिटर बाहिर केबलकार स्टेशन निर्माण हुने देखिन्छ । पाथीभराको टुप्पोमा कुनै होटल वा रेष्टुरेन्ट बन्ने छैन र बन्न दिईने छैन । रुख तथा पोल गरेर २११२ कटान हुनेछ । बाहिर प्रचार गरिए जस्तो २५ हजार रुख काटने हल्लामा कुनै सत्यता छैन ।’